दोलखा : एमाले-नेकपाका कार्यकर्ता कांग्रेसतिर

हिमाल प्रेस ७ फागुन २०८२ ११:५२ | Thursday, February 19, 2026
8
SHARES
दोलखा : एमाले-नेकपाका कार्यकर्ता कांग्रेसतिर

काठमाडौँ- दोलखाको विगु गाउँपालिका–४, लादुकमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी दर्जनौँ युवा नेपाली कांग्रेस प्रवेश गरेका छन्। बिहीबार निर्वाचन अभियानका क्रममा लादुकको गुम्बडाँडामा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरू कांग्रेसमा समाहित भएका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेकपाका प्रविन तामाङ, दिनेश नेपाली र दिपेन्द्र नेपाली रहेका छन्। त्यसैगरी, नेकपा एमाले परित्याग गरी राम तामाङ, सुशान्त गिरी, कृष नेपाली, विक्रम ओली र टेकबहादुर तामाङ लगायतका युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा र माला लगाएर पार्टीमा स्वागत गरे।

यसअघि बुधबार मात्रै विगु गाउँपालिकाका एमाले उपाध्यक्ष शेषनारायण श्रेष्ठसहितको ठूलो टोली नेपाली कांग्रेसमा प्रवेश गरेको थियो । अजयबाबु शिवाकोटी जस्तो स्वच्छ छवि र भ्रष्टाचार विरोधी युवा उम्मेदवार चुनावी मैदानमा आएपछि विगुमा एमाले र माओवादी परित्याग गरी कांग्रेस रोज्नेहरूको लहर चलेको छ।

प्रकाशित: ७ फागुन २०८२ ११:५२ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast