बर्दियाका दिप्सुले जिते ‘आ बाट आमा’ को कभर सङ पुरस्कार

हिमाल प्रेस २९ माघ २०८२ १५:१२ | Thursday, February 12, 2026
10
SHARES
बर्दियाका दिप्सुले जिते ‘आ बाट आमा’ को कभर सङ पुरस्कार

काठमाडौँ- फिल्म ‘आ बाट आमा’ को शीर्ष गीतको कभर सङ गाएर बर्दियाका दिप्सु परियार विजेता बनेका छन्। ‘लैजा खबर ए हावा’ को कभर सङ गाएर दिप्सुले ५१ हजार रुपैयाँ  नगद पुरस्कार जितेका हुन्।

फिल्मका निर्देशक चन्द्र पन्त, अभिनेता पल शाह, उषा उप्रेती र सिम्रन पन्तले उनलाई पुरस्कार प्रदान गरेका छन्। घोषणा गरे बमोजिम नै विजेतालाई पुरस्कार प्रदान गरेको निर्देशक पन्तले बताए।

एक महिनाअघि ‘आ बाट आमा’ टिमले उक्त गीतमा कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको थियो।

फिल्म माघ १६ देखि हलमा प्रदर्शन भइरहेको छ।

प्रकाशित: २९ माघ २०८२ १५:१२ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast