धादिङ बस दुर्घटना : मृत्यु हुनेमध्ये तीन जना तनहुँका (नामावलीसहित)

हिमाल प्रेस ११ फागुन २०८२ १३:५६ | Monday, February 23, 2026
28
SHARES
धादिङ बस दुर्घटना : मृत्यु हुनेमध्ये तीन जना तनहुँका (नामावलीसहित) धादिङमा दुर्घटनाग्रस्त बस। तस्बिर : सशस्त्र प्रहरी

तनहुँ- पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये तनहुँका तीन जना रहेका छन्।

मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार दुर्घटनामा तनहुँको व्यास नगरपालिका-४ का ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका-७ का ५५ वर्षीय विष्णुमाया ढकाल र भिमाद नगरपालिका-६ का ४५ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको छ।

यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका-४ का ४५ वर्षीय सोमप्रसाद मल्ल, म्याग्दे गाउँपालिका-६ का ४४ वर्षीय मानबहादुर थापा, व्यास नगरपालिका-५ की ३८ वर्षीया सुकमाया श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१२ की सदीक्षा हमाल र शुक्लागण्डकी नगरपालिका-४ का १८ वर्षीय सुविन मल्ल घाइते भएका छन्। उनीहरूको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ फागुन २०८२ १३:५६ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast