कांग्रेसको सरकार बने देउवा र आफ्नो सम्पत्ति छानबिन गर्ने गगनको घोषणा

हिमाल प्रेस १५ फागुन २०८२ १७:२२ | Friday, February 27, 2026
26
SHARES
कांग्रेसको सरकार बने देउवा र आफ्नो सम्पत्ति छानबिन गर्ने गगनको घोषणा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको नेतृत्वमा सरकारले बने आफू र निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन गर्ने घोषणा गरेका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नै नाता वा नेता कसैको पनि छानबिनबाट पछाडि नहट्ने बताएका हुन्।

उनले कांग्रेसको सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरूलाई पनि गर्न नदिने दाबी गर्दै त्यसका लागि कानुनी तथा संस्थागत व्यवस्था गर्ने बताए। थापाले कांग्रेस विधिमा विश्वास गर्ने पार्टी भएकाले मनलाग्दी नगर्ने स्पष्ट पारे।

यस्तै उनले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन्। ‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ,’ उनले भने।

प्रकाशित: १५ फागुन २०८२ १७:२२ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast