एमालेलाई हराउनु कुइँनोले पहाड पन्छाए जस्तै हो : विष्णु पौडेल

हिमाल प्रेस २१ माघ २०८२ ८:४३ | Wednesday, February 4, 2026
4
SHARES
एमालेलाई हराउनु कुइँनोले पहाड पन्छाए जस्तै हो : विष्णु पौडेल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेलाई कसैले किनारा लगाउन नसक्ने दाबी गरेका छन्। एमाले नेपाली जनतामा विश्वासको घरमा रहेको बताउँदै उपाध्यक्ष पौडेलले कुनै पनि पार्टीले जुनसुकै प्रयत्न गरे पनि सम्भव नभएको पौडेलको भनाइ छ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को वडा परिचालन कमिटीको प्रचार कार्यालय मंगलबार उदघाटन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘कुहिनाले पहाड पन्छाउन सम्भव नभएजस्तै कसैले एमालेलाई पन्छाउने सपना नदेखे हुन्छ। जनताकोबीचमा विश्वास घर बनाएको पार्टीले कसैले किनारा लगाउन नसोचे हुन्छ।’

देशको बागडोर सम्हाल्ने बनाउन एमालेलाई विजयी गराउने काम जनताको काँधमा रहेको छ। आफू जनताको साथ र समर्थनले चुनावी मैदानमा पार्टी होमिएकोले सम्पूर्ण कार्यकतासहित एमालेका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने अवस्था आएको पौडेलको भनाइ छ।

प्रकाशित: २१ माघ २०८२ ८:४३ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast