इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

हिमाल प्रेस ५ फागुन २०८२ २१:२६ | Tuesday, February 17, 2026
6
SHARES
इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

इटहरी- इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

मंगलबार साँझ प्रदेश १-०२-००२ ख ०५९२ नम्बरको ट्रकले ठक्कर दिँदा मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का ४० वर्षीय कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार दुर्घटनापछि मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

ट्रक चालक तेह्रथुमका २७ वर्षीय दिलबहादुर मगरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रवक्ता खड्काले बताए।

प्रकाशित: ५ फागुन २०८२ २१:२६ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast