गोली चलाउने वातावरण आपराधिक तत्त्वहरूले बनाएका हुन् : ओली

हिमाल प्रेस २६ माघ २०८२ १४:५८ | Monday, February 9, 2026
18
SHARES
गोली चलाउने वातावरण आपराधिक तत्त्वहरूले बनाएका हुन् : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपराधिक तत्त्वहरूले आफूमाथि विभिन्न आरोप लगाउने गरेको बताएका छन्।

सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासँगको छलफलका क्रममा उनले भदौ २३ र २४ गते जेनजीहरूको आन्दोलनमा आपराधिक तत्त्वहरू घुसेर विध्वंश मच्चाएको र तिनै आपराधिक तत्त्वहरूले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताएका हुन्।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहोर्‍याउँदै उनले संसद् भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण आपराधिक तत्त्वहरूले नै बनाएको धारणा राखे।

उनले आफूले राजीनामा दिएपछि ५४ जनाको मृत्यु भएको उल्लेख गरे। ओलीले मुलुकको विकासका लागि एमालेले सबैभन्दा धेरै काम गरेको दाबी गरे।

गोबर र गुइँठा बाल्नुपर्ने अवस्थाबाट विकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहीले तोडमोड गरेको भन्दै उनले आपत्ति जनाए।

उनले नेपालमा ग्यास उन्खनन भइसकेको भन्दै अब त्यसलाई सदुपयोग गरेर घरघरमा पाइपबाट वितरण गर्नुपर्ने बताए।

प्रकाशित: २६ माघ २०८२ १४:५८ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast