बुटवल- नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पार्टीका नेतृत्वहरूको नालायकीका कारण मुलुकमा वर्तमान संकट देखा परेको बताएका छन्। उनले नवयुवाहरूको प्रदर्शन मूलपार्टीका नेतृत्वहरूको नालायीका कारण उत्पन्न भएको बताएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का उम्मेदवारहरूको प्रचारका लागि रुपन्देही आएका कार्यवाहक अध्यक्ष भुसालले बिहीबार बुटवलमा बोल्दै अब इतिहासको समीक्षा गर्दै नयाँ मोडमा पुग्नुपर्ने बताए। उनले पुरानाहरूको नाालायकीपनले नयाँ दलको उदय भए पनि त्यसबाट पनि निकास निस्कन नसक्ने बताए। मुलुक राजनीतिक रूपमा निकै ठूलो मोडमा रहेको बताउँदै आफूहरू जनता बिउँझाउन चुनावी मैदानमा उत्रेको बताए।
उनले आफू कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको बताउँदै त्यस्तो अवस्था नभएपछि मुलुक र जनतालाई केन्द्रमा राखेर नेकपा संयुक्त जन्मेको बताए।
रुपन्देहीका नेकपा (संयुक्त) का तर्फबाट क्षेत्र नम्बर १ मा रामचन्द्र भट्टराई, क्षेत्र ३ मा राजु गौडेल र क्षेत्र ४ मा फणिन्द्र तिवारी चुनावी मैदानमा छन्। समानुपातिक रुपन्देहीबाट अविराम विक, मिरा श्रेष्ठ, मुक्तिनारायाण चौधरी, लक्ष्मी शर्मा, सन्दिप केवट रहेका छन्।




