राजनीति द्वन्द्व अन्त्य गर्न सविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

हिमाल प्रेस २८ माघ २०८२ २१:३७ | Wednesday, February 11, 2026
12
SHARES
राजनीति द्वन्द्व अन्त्य गर्न सविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव फाइल तस्बिर

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

प्रेस मञ्च नेपाल सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाईको सरकारको दम्भले राजनीतिक अस्थिरता उत्पन्न गरी देशलाई द्वन्द्वमा फसाएको आरोप लगाए।

उनले भने, ‘संक्रमणकालीन अवस्थाबाट देशलाई लयमा ल्याउने माध्यम निर्वाचन नै हो, तर निर्वाचनले देशलाई सही मार्गमा ल्याए पनि मुलुकको निकासका लागि संविधान संशोधन गर्नुपर्छ।’

संविधानले ग्यारेन्टी गरेको संघीयता, प्रतिनिधित्व, स्वायत्त र संरक्षित क्षेत्रजस्ता राज्य पुनसंरचनाको मूलभूत विषयलाई कार्यान्वयन र दिगो व्यवस्थापन गर्नुभन्दा दबाउने दुस्साहसले जनतामा असन्तोष बढेको अध्यक्ष यादवको भनाइ थियो।

अध्यक्ष यादवले सप्तरी विकासमा अगाडि छ भन्ने सन्देश दिन आफूले अन्य ठाउँ छोडेर यहाँबाट उम्मेदवारी दिएको बताउँदै बहुदलीय व्यवस्था आएपछि ३० वटा प्रधानमन्त्री फेरिए पनि जिल्लामा कुनै परिवर्तन नदेखिएको भन्दै दुःख व्यक्त गरे।

प्रकाशित: २८ माघ २०८२ २१:३७ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast