काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार गरेको प्रतिज्ञापत्र अनुमोदन गरेको छ । बुधबार बिहान ११ बजे बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञापत्र अनुमोदन गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
प्रतिज्ञापत्र आजै जनकपुरको तिरहुतियामा आयोजना हुने पहिलो चुनावी सभामा सभापति गगन थापाले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम दिउँसो २ बजे सुरु हुने कांग्रेस मधेस प्रदेश समितिले जानकारी दिएको छ। कांग्रेसले यसपटक भिजन १० को अवधारणामा घोषणापत्र ल्याउने यसअघि नै सार्वजनिक गरिसकेको छ।
प्रकाशित: ६ फागुन २०८२ १२:५३ | Wednesday, February 18, 2026
प्रतिक्रिया




