काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज फागुन ६ गते बस्दै छ।
बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिलाई सहभागी हुन कांग्रेसले अनुरोध गरेको छ।
प्रकाशित: ६ फागुन २०८२ ६:१९ | Wednesday, February 18, 2026
प्रतिक्रिया




