सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा, हेलिकप्टरमार्फत सभामा पुगेर गगन-विश्वले सम्बोधन गर्ने

हिमाल प्रेस १४ फागुन २०८२ ८:५२ | Thursday, February 26, 2026
6
SHARES
सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा, हेलिकप्टरमार्फत सभामा पुगेर गगन-विश्वले सम्बोधन गर्ने विशेष महाधिवेशन आह्वान गरेका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा।

काठमाडौँ- नेपाली कांग्रेसले आज एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ। कांग्रेसले आज एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने भएको हो। गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो।

सुर्खेत र बाँके आज हुने चुनावी सभामा सभापति गगन कुमार थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। प्रवक्ता चालिसेका अनुसार सभापति थापासहितका शीर्ष नेताहरू हेलिकप्टरमार्फत चुनावी सभामा पुग्ने छन्। यस्तै ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन्।

कांग्रेसले भोलि फागुन १५ गते रूपन्देहीको बुटवल र कास्कीको पोखरामा चुनावी सभा गर्दैछ भने फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ।

कांग्रेसले कोशी र सुदूरपश्चिममासमेत सभाको तयारी गरिरहेको छ। तर मिति भने तय भइसकेको छैन।

प्रकाशित: १४ फागुन २०८२ ८:५२ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast