चाइना जर्नल

चीन र विश्व अर्थतन्त्रमा गति थप्दै चिनियाँ घोडा

अजय अलौकिक १६ फागुन २०८२ १९:४२ | Saturday, February 28, 2026
18
SHARES
चीन र विश्व अर्थतन्त्रमा गति थप्दै चिनियाँ घोडा

घोडा वर्षको आगमनसँगै चिनियाँ वसन्त चाडले आर्थिक पक्षमा गति थपिदिएको छ। वसन्त चाडको बिदामा पर्यटन तथा यात्रा, यातायात तथा ढुवानी, किनमेल तथा खाद्य उपभोग र मनोरञ्जन क्षेत्र र रेकर्ड तोड बक्सअफिसले सन् २०२६ को आरम्भमा चिनियाँ अर्थतन्त्रले सकारात्मक र ट्रेन्डिङ थालनी गरेको छ। यसले चिनियाँ अर्थतन्त्र मात्रै होइन विश्व आर्थिक परिदृश्यमा पनि सकारात्मक प्रभाव ल्याएको छ।

घोडा वर्षको आगमनसँगै यसरी सकारात्मक बन्नु र देखिनुमा घोडाप्रतिको मानिसको आस्था पनि हो। धेरै अगाडिदेखि नै घोडालाई आर्थिक सम्पत्तिका रूपमा हेर्ने गरेको पाइन्छ। यिनीहरू उपयोगी त छदैँ छ। यसबाहेक, धन र समृद्धिको प्रतीकको रूपमा पनि लिने गरिन्छ। साथै, हजारौँ वर्षदेखि घोडा जनावर मात्र नभई आर्थिक विकासको मोडलसँगै जोडिएका पनि छन्। समृद्धिका लागि बाटो चाहिन्छ भनेझैँ घोडा लामो समयदेखि आर्थिक विकासको एउटा पाटोका रूपमा रहेको छ। साथसाथै, घोडाको गति, सहनशीलता, क्षमताजस्ता विशेषता आर्थिक सिद्धान्तसँग पनि मेल खान्छन्।

भर्खरै सम्पन्न चीनको घोडा वर्षको वसन्त चाडले यही घोडाको विशेषता देखाएको छ र विश्वको ध्यानाकर्षण गरेको छ। वसन्त चाडको लामो बिदामा चीनभर आवतजावतको संख्या दुई अर्ब ८० करोडभन्दा बढी पुगेको छ र प्रतिदिन ३१ करोड १० लाख पुगेबाट गत वर्षको सोही अवधिको तुलनामा ८.२ प्रतिशतले वृद्धि भएको छ। सीमा नाकातर्फबाट हेर्दा सीमा आरपार गर्ने चिनियाँ तथा विदेशीको संख्या एक करोड ७७ लाख ९६ हजार पुगेको छ र प्रतिदिन १९ लाख ७७ हजार देखिएबाट गत वर्षको सोही अवधिको तुलनामा १०।१ प्रतिशतले वृद्धि भएको छ।

यसबाहेक वसन्त चाड अवधिको चलचित्र बक्स अफिसले पाँच अर्ब ७० करोड चिनियाँ युआन बढी नाघेकोले वर्तमान अवस्थामा सन् २०२६ को विश्व चलचित्रको कुल बक्स अफिस बजारमा पहिलो स्थान ओगटेको छ।

वसन्त चाडको उपभोग्य बजारको समृद्धिले नयाँ घोडा वर्ष चीनको आर्थिक विकासका लागि विश्वास बढाउने र जीवन्त शक्ति थपिदिने ऊर्जा बनेको छ। चिनियाँ संस्कृतिमा घोडाले जसरी गति, शक्ति, लचिलोपन र प्रगतिलाई प्रतिनिधित्व गर्छ, घोडा वर्षको आर्थिक गतिशीलता चीनको उच्च गुणस्तरीय विकास र खुलापनको प्रतिबद्धताको प्रतिबिम्ब पनि बनेको छ।

सन् २०२६ को वसन्त चाडको विदा पछिल्ला वर्षहरूमा सबैभन्दा लामो विदा पनि हो। सात दिनको बिदा दिइरहेकोमा यस वर्षबाट बिदालाई नौ दिन पुर्‍याएको छ। यो नौदिने ९फेब्रुअरी १५ देखि २३० बिदामा मात्र घरेलु यात्राह संख्या ५।९६ अर्ब पुगेको थियो भने कुल पर्यटन खर्च ८०३।४८ अर्ब युआनभन्दा बढी भएको थियो। यी दुवै आँकडाले नयाँ उचाइ पाएका छन्।

यहाँ छुट्याउनै नहुने कुरा भनेको ‘छुनयुन’ हो। छुन अर्थात् वसन्त र युन भन्नाले चहलपहल हो र बुझ्ने गरी भन्नुपर्दा वसन्त चाडको यात्रा हो। यो छुनयुन ४० दिन लामो यातायात हो र यो गतिविधि संसारकै सबैभन्दा ठूलो वार्षिक मानव आप्रवासनका रूपमा समेत चिनिन्छ। २०२६ का लागि यो फेब्रुअरी २ देखि मार्च १३ सम्म चल्नेछ। नयाँ वर्षमा पारिवारिक पुनःमिलनको आशा, अपेक्षा, लक्ष्य र चलन तथा परम्पराको रूपमा यो छुनयुन चीनको सडक र रेल, हवाई र जलमार्गमार्फत हुने गर्दछ। यस वर्ष ऐतिहासिक ९।५ अर्ब यात्रा पुग्ने अनुमान गरिएको छ।

यो छुनयुन यातायात तथा ढुवानी र मानिसको विशाल चहलपहल वा यात्रा मात्रै होइन। यो आर्थिक वृद्धिका लागि शक्तिशाली इन्जिन पनि हो। यो छुनयुनले घरेलु उपभोग बढाउन मद्दत गर्दछ, जसले गर्दा खानपिन, होटललगायतको माँगसँगै अस्थायी रोजगारी सिर्जना गर्दछ र स्थानीय अर्थतन्त्रलाई समर्थन गर्दछ।

घरेलुमात्रै होइन विश्व अर्थतन्त्रका लागि पनि छुनयुन एउटा सक्रिय तत्त्व रहँदै आएको छ। यो बिदाको समयमा सीमापार यात्रा गर्ने चिनियाँ पर्यटक तथा यात्रुको १७।७९६ मिलियन ९एक करोड ७७ लाख ९६ हजार० संख्याले दक्षिणपूर्वी एसिया र पूर्वी एसियाली अर्थतन्त्रमा र विश्व अर्थतन्त्रमा जीवन्तता थपेको थियो। साथै चीनको भिसा नीतिहरूबाट ४।६ मिलियन विदेशी आगन्तुकलाई आकर्षित गरिएको छ। यसले पर्यटनलगायतका क्षेत्रमा योगदान पुर्‍याएको छ। यसरी चिनियाँ तथा विदेशी पर्यटकहरूको खर्चले स्थानीय पर्यटन र सम्बन्धित क्षेत्रहरूजस्तै हवाई सेवा, होटल, खानपिन, यातायात, किनमेल सबै क्षेत्रमा निकै प्रवर्धन भएको छ र खपत बढेको छ।

खपतले अर्थतन्त्रमा विशेष भूमिका खेल्दछ। विशेषतः चीनको खपत ढाँचाले संरचनात्मक उन्नतिको सङ्केत गर्दछ, वसन्त चाड अवधिमा विश्वव्यापी ब्रान्ड र गुणस्तरीय उत्पादनहरूले चिनियाँ बजार पाएका छन्। यो बजारको उपलब्धता र वृद्धि छोटो अवधिको या त यस ठूलो स्तरको बजार एउटा मौसमी घटना भने होइन। यो चिनियाँ घरेलु मागको भरपर्दो सूचक हो। साथै, चीनको आर्थिक क्षमतालाई मापन गर्ने सूचक पनि हो।

वसन्त चाडअघि चिनियाँ वाणिज्य मन्त्रालयसहितका नौ विभागहरूले संयुक्त रूपमा सन् २०२६ ‘नयाँ वर्षको रमाइलो किनमेल’ विशेष कार्यक्रम सञ्चालन गरेर चाडपर्वको उपभोग प्रवर्द्धन गर्ने नीति प्याकेज जारी गरेका थिए, जुन कार्यक्रम ‘६ जोड ५’ ढाँचामा सञ्चालन गरिएको छ। यहाँ ‘६’ ले चाडपर्वको उपभोग आवश्यकता जनाउँछ, जसमा ‘राम्ररी खान, बस्न, यात्रा गर्न, यातायात, किनमेल र खेलकुद’ लगायत छ क्षेत्र समेटिएका छन्। त्यसैगरी ‘५’ मा पुरानो वस्तु नयाँसँग साट्ने, चीनमा प्रवेश र उपभोग सुविधाजनक पार्ने, वित्तीय सहयोग बढाउने लगायतका पाँच उपाय समावेश छन्।

‘नयाँ वर्षको रमाइलो किनमेल’ ले चीनको उपभोग बजारमा नयाँ ऊर्जा भरेको छ र विश्वभरका मानिसलाई चिनियाँ नयाँ वर्षको खुसियाली रूपमा अनुभव गराएको छ। पर्यटन सम्बन्धित अनलाइन अनुसार वसन्त चाडअगाडि र पछाडि चीन आउने हवाई टिकटको बुकिङमा गत वर्षको सोही अवधिको तुलनामा ४०० प्रतिशतले भन्दा बढी वृद्धि देखिएको छ। यस्ता पर्यटन वृद्धिले चीन र विश्व दुवैका लागि व्यापक प्रभाव पार्दछ।

विश्व अर्थतन्त्रका लागि चिनियाँ पर्यटकको खर्च गर्ने क्षमता, विशेष गरी विलासी वस्तु, आतिथ्य र पर्यटनमा निर्भर क्षेत्रहरूलाई प्रवर्धन गरेको छ। विश्व पर्यटन संगठनले चीनको बाह्य पर्यटनको पुनरुत्थानले २०२६ मा विश्व पर्यटन उद्योगमा १०० बिलियन डलरभन्दा बढी योगदान पुर्‍याउन सक्ने अनुमान गरेको छ।

चीनले अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजनादेखि निरन्तर रूपमा खुला नीतिको साथमा ढोका खुला राख्दै विश्वका धेरै उत्कृष्ट वस्तुहरू भित्र्याएको छ। विश्वलाई ‘चीनमा यात्रा’ देखि ‘चीनमा किनमेल’ सम्म घोडा वर्षको वसन्त चाडले विश्वलाई नयाँ युगको चीन अनुभव गराउने थप अवसर दिएको छ।

तसर्थ चिनियाँ घोडा वर्षको वसन्त चाड र विदा आन्तरिक रूपमा मात्रै सीमित छैन, यो विश्व अर्थतन्त्रका लागि एउटा ऊर्जा र गतिशील बनाउने उत्प्रेरक हो। चिनियाँ पर्यटकको वृद्धिले अन्तर्राष्ट्रिय हवाईयात्रा तथा आतिथ्य र पर्यटन क्षेत्रलाई कोभिडपछि पुनःजीवन दिएको छ। चीनभित्रको बलियो मागले एसिया, युरोप, अमेरिका र अफ्रिकाका उत्पादनलाई समर्थन गरेको छ। स्थिर औद्योगिक र आपूर्ति शृंखलाहरूले विश्वव्यापी उत्पादन पुनरुत्थानलाई बलियो बनाएको छ र यो थालनीबाट विश्व बजारको आत्मविश्वास बढाएको छ र आशावादी बनाएको छ।

यसरी विश्वको प्रमुख व्यापारिक राष्ट्र र दोस्रो ठूलो अर्थव्यवस्थाका रूपमा चीनको स्थिर वृद्धिले अनिश्चित विश्व वातावरणमा निश्चितता प्रदान गरेको छ। भन्न सकिन्छ, चीन नयाँ वर्षको थालनीमा विश्वसँगै घोडा दौडेजस्तै मिलेर अगाडि लम्कँदै जान चाहन्छ। घोडाहरू समूहमा हुर्कन्छन् र तिनीहरूको सामूहिक गतिशीलताले शक्तिलाई थप बढाउँछ। यो गुण सहकार्यको प्रतीक हो।

यहाँ एउटा चिनियाँ लोकोक्तिको चर्चा उपयुक्त देखिन्छ। ‘वानमा पनथङ’ अर्थात् दस हजार घोडाहरू दौडिरहेका छन्, यसले विभिन्न क्षेत्र र राष्ट्रहरूलाई आर्थिक विकासका लागि सहकार्य गर्न सुझाउँछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सन् २०२६ नयाँ वर्षको शुभकामना सन्देशमा पनि जोड दिँदै भनेका थिए, ‘हामी हाम फालेर घाँस चपाउन तयार घोडाको साहस देखाऔँ, लाखौँ घोडा दौड्ने गतिशीलता उत्प्रेरित गरौँ, बिना विश्राम घोडाजस्तै लगनशील रहौँ, सपनाका लागि संघर्ष गरौँ, खुसीका लागि प्रयास गरौँ र भव्य दृष्टिलाई सुन्दर वास्तविकतामा परिवर्तन गरौँ।’

घोडा वर्षमा चीन खुलापन र विश्वासका साथ अगाडि बढिरहेको छ। यसको बढ्दो घरेलु बजार, उन्नत उपभोग र स्थिर कनेक्टिभिटीहरूले विश्व अर्थतन्त्रमा जीवन्तता प्रवाह गर्नेछ र अझ समृद्ध र अन्तरसम्बन्धित भविष्यतर्फ मार्गनिर्देशन जारी रहनेछ।

अन्तमा, घोडाको वर्षसँगै आर्थिक उत्साहको तरंग सुरु भएको छ। यात्रा, यातायात, उपभोग र सांस्कृतिक मनोरञ्जनले मिलेर बलियो गतिशील शक्ति निर्माण गरेका छन् र यसले चीनको अर्थतन्त्रलाई स्थिर बनाउँदै विश्व अर्थतन्त्रमा समेत ऊर्जा प्रदान गरिरहेको छ। भविष्यतर्फ हेर्दा यो गतिशीलता जारी रहने देखिन्छ। चीनले विश्व आर्थिक इञ्जिनको रूपमा भूमिका अझ बलियो बनाउनेछ।

घोडा वर्षसँगै चीनको १५औँ पञ्चवर्षीय योजना पनि सुरु भएको छ र मार्चको पहिलो सातादेखि चीनका दुई अधिवशेन पनि आयोजना हुनेछन्। आगामी दिनमा चीनका नयाँ योजना र लक्ष्य हामीले थाहा पाउने नै छौँ। यसैगरी नेपालमा पनि आमनिर्वाचन हुँदै छ। आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएर आगामी दिनमा नेपालको पनि यो घोडा वर्षमा यसका विशेषताजस्तै आर्थिक विकासमा छलाङ मार्न सकोस्।

प्रकाशित: १६ फागुन २०८२ १९:४२ | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast