प्रतिनिधिमूलक तस्बिर
कैलाली- कैलालीमा नालामा डुबेर बालकको मृत्यु भएको छ। भजनी नगरपालिका–७ चर्रामा नालामा जमेको पानीमा खसेर १८ महिनाका बालकको मृत्यु भएको हो।
स्थानीय बिपत राम कठरियाका छोरा अमन कठरिया सोमबार साँझ घर आँगनमा खेलिरहेका बेला नजिकैको नालामा जमेको पानीमा खसेका थिए। नालामा खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २७ माघ २०८२ ९:५४ | Tuesday, February 10, 2026
प्रतिक्रिया



