६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हिमाल प्रेस २० माघ २०८२ ६:५१ | Tuesday, February 3, 2026
14
SHARES
६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ। ६ वटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको थोरै स्थान तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशका उच्च पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

विभागले राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ बताएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातरवर्षाको सम्भावना छ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित: २० माघ २०८२ ६:५१ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast