संसद विघटनविरूद्धको मुद्दा : सर्वोच्चले तोकेन पेसी

हिमाल प्रेस २१ माघ २०८२ १५:०७ | Wednesday, February 4, 2026
16
SHARES
संसद विघटनविरूद्धको मुद्दा : सर्वोच्चले तोकेन पेसी

काठमाडौँ- सर्वोच्च अदालतले संसद विघटनविरूद्ध दायर मुद्दामा साधारण तारेख तोकेको छ। सर्वोच्चले माघ २८ गतेका लागि साधारण तारेख तोकेको हो।

सर्वोच्चको मुद्दा शाखाले रिटमाथि सुनुावाइका लागि पेसी नतोकेर पुनः माघ २८ गतेलाई साधारण तारेख तोकेको हो। यसअघि मंगलबारका लागि साधारण तारेख तोकिएको थियो।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दर्जनबढी रिट परेका छन्। यसअघि सर्वोच्च अदालतले रिटहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीसाग लिखित जवाफ माग गरेको थियो।
सर्वोच्चले सबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश यसअघि नै दिइसकेको छ। यो आदेशअनुसार अब संसद विघटनसम्बन्धी सबै रिटको सुनुवाइ एउटै इजलासबाट हुनेछ।

संसद विघटनविररूद्ध प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका साथै कानुन व्यवयासीहरूले सर्वोच्चमा रिट हालेका छन्।

रिट दायर गरेको लामो समय भइसक्दा पनि सुनुवाइ प्रक्रिया अगाडि नबढेको भन्दै निवेदनकर्ता राजनीति दलहरूले आपत्ति जनाएका छन्। संसद विघटनविरूद्ध जस्तो संवेदनशील मुद्दाको सुनुवाइ गर्न सर्वोच्चले ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ।

रिट दायरकर्ता राजनीतिक दलहरू फागुन २१ को चुनावअघि मुद्दामाथि सुनुवाइ गरेर निर्णय सुनाउन सर्वोच्च अदालतसँग माग गरेका छन्।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत कानमा तेल हालेर सुत्न नमिल्ने बताएका छन्। केही दिनअघि पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद विघटनविरूद्ध सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फागुन २१ को चुनावअघि आफ्नो निर्णय सुनाउनुपर्ने जिकिर गरेका थिए।

प्रकाशित: २१ माघ २०८२ १५:०७ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast