पक्राउ परे पैदलयात्रु कुट्ने कार चालक

हिमाल प्रेस ५ फागुन २०८२ २०:२३ | Tuesday, February 17, 2026
12
SHARES
पक्राउ परे पैदलयात्रु कुट्ने कार चालक

काठमाडौँ- कार चालकले पैदलयात्रु कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सो कार चालक  पक्राउ परेका छन्।

आज (मंगलबार) बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी गरी पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने व्यक्ति बैतडी घर भई हाल बालुवाटार बस्ने ४२ वर्षीय पारस बम रहेको र उनलाई नियन्त्रणमा लिएको बताए।

पक्राउ परेका व्यक्ति पेसाले इञ्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको उनले जानकारी दिए। उनले काठमाडौँको चक्रपथ क्षेत्रमा गाडी रोकिएका बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई कुटेको भिडियोमा देखिएको छ।

प्रकाशित: ५ फागुन २०८२ २०:२३ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast