काठमाडौँ- काठमाडौँबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा यात्रुबाहक बस खसेको हो।
प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए। बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २७ माघ २०८२ ११:५० | Tuesday, February 10, 2026
प्रतिक्रिया



