४४ यात्रु चढेको बस जलेर नष्ट

हिमाल प्रेस २९ माघ २०८२ ११:१९ | Thursday, February 12, 2026
6
SHARES
४४ यात्रु चढेको बस जलेर नष्ट टिटिहिरियामा जलेर नष्ट भएको बस। तस्बिर : जिल्ला प्रहरी कार्यालय कपिलबस्तु

काठमाडौँ- काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बसमा आगलागी भएको छ। तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ टिटिहिरियामा बिहान करिब ४ बजे तिर आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको हो।

गुडिरहेको अवस्थामा अचानक आगो लागेको बस सडक छेउमा रोकिएको थियो। बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो। स्थानीयवासी, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ।

घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। बसमा सवार सबै ४४ जना यात्रु सकुशल गन्तब्यतिर पठाइ सकिएको छ।

आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।

प्रकाशित: २९ माघ २०८२ ११:१९ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast