काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा भएको दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गरेको छ।
दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
काठमाडौँबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज (मंगलबार) बिहान रामेछाप मन्थली नगरपालिका-६, मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए।
प्रकाशित: २७ माघ २०८२ १८:२९ | Tuesday, February 10, 2026
प्रतिक्रिया



