काठमाडौँ- काठमाडौँबाट ओखलढुंगाको पोकलीतर्फ गुडेको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
मृत्यु हुनेमध्ये ९ जनाको पहिचान खुलेको छ। बाँकी ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खुर्कोट-मन्थली सडक खण्डको सेलेघाट नजिक बेनी मन्दिरछेउबाट प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान पौने ११ बजे तामाकोशी नदीमा खसेको हो।
बस काठमाडौँबाट मन्थली, धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि गुडेको थियो।
मृतकहरूको नामावली
१) दोलखा भिमेश्वर नगरपालिका–७ बस्ने अन्दाजी २५ वर्षीया बबि तामाङ ।
२. दोलखा भिमेश्वर नगरपालिका–८ बस्ने अन्दाजी ६० वर्षीया मान बहादुर तामाङ ।
३. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ बस्ने अन्दाजी २८ वर्षीय दिपेश बस्नेत ।
४. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ ।
५. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३१ वर्षीया तारा तामाङ ।
६. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३६ वर्षीय भिम बहादुर तामाङ ।
७. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी १६ वर्षीया रमिता तामाङ ।
८. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत।
९. सिन्धुली गोलन्जोर गाउँपालिका–६ अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ ।



