निर्वाचनको सन्दर्भमा यी जिल्लाहरूमा पुग्ने छन् विश्वप्रकाश शर्मा

हिमाल प्रेस २७ माघ २०८२ ७:०३ | Tuesday, February 10, 2026
4
SHARES
निर्वाचनको सन्दर्भमा यी जिल्लाहरूमा पुग्ने छन् विश्वप्रकाश शर्मा

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा सहभागी हुने कार्यक्रमको कार्यतालिका सार्वजनिक गरिएको छ। सोमबार पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले उपसभापति शर्माको निर्वाचन केन्द्रित जिल्लाका कार्यक्रको कार्यतालिका सार्वजनिक गरेका हुन्।

शर्माले बाँके, बर्दिया, दाङ, रुपन्देही र पाल्पा गरी पाँच जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय भएको हो ।

आज दिउँसो १ बजे चितवनमा सबै उम्मेदवार सहभागी जिल्ला स्तरीय कार्यक्रम तथा अपरान्ह ४ बजे नवलपुर क्षेत्र नम्बर १ मा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भइसकेको छ ।

यस्तो छ कार्यतालिका
२७ माघ ०८२
८ बिहान ११ः०० बजे– नेपाली कांग्रेस, सबै उम्मेदवार सहितको बाँके जिल्ला स्तरीय वृहत भेला ।
८ दिउँसो ३ः०० बजे – नेपाली कांग्रेस, उम्मेदवार सहितको बर्दिया क्षेत्र नं १ क्षेत्रीय स्तरीय भेला ।

२८ माघ ०८२
८ बिहान ११ः०० बजे– नेपाली कांग्रेस, सबै उम्मेदवार सहितको दाङ जिल्ला स्तरीय वृहत भेला ।

२९ माघ ०८२
८ बिहान ११ः०० बजे– नेपाली कांग्रेस, सबै उम्मेदवार सहितको रुपन्देही जिल्ला स्तरीय वृहत भेला ।
८ दिउँसो ३ः०० बजे– नेपाली कांग्रेस, लुम्बिनी प्रदेश, निर्वाचन परिचालन समितिको बैठक ।

१ फागुन ०८२
८ बिहान ११ः०० बजे– नेपाली कांग्रेस, सबै उम्मेदवार सहितको पाल्पा जिल्ला स्तरीय
वृहत भेला ।

प्रकाशित: २७ माघ २०८२ ७:०३ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast