काठमाडौँ- फिल्म ‘ब्ल्यू लाइट’ ले प्रदर्शनको ९ दिनमा ३१ लाख कमाउन सफल भएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको माघ २४ सम्मको बक्स अफिस कलेक्सनअनुसार फिल्मले उक्त कमाइ गरेको हो।
विवरण अनुसार फिल्मले ३१ लाख नौ हजार ५ सय ९५ रुपैयाँ कमाएको छ। फिल्मको जम्मा ८ सय ३० वटा मात्रै टिकट बिक्री भएको छ।
गत माघ १६ देखि प्रदर्शन भएको फिल्मकाे ४ दिनपछि प्रदर्शन स्थगित गरिएकाे थियाे।निर्माण टिमले फिल्मकाे प्रचार कम भएकाे भन्दै पुन: प्रदर्शन गर्ने बताएकाे छ।
‘द ब्ल्यू लाइट’ बलिराम चौहानको निर्देशन बनेको फिल्म हो। साइकोलोजिकल थ्रिलर जनरामा बनेको फिल्ममा बेनिशा हमाल, सृष्टि श्रेष्ठ, अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी, सुरक्षा इटानी, बाल कलाकार ग्रिस्मा कटुवाल र सहारा शर्मालगायत कलाकारले अभिनय गरेका छन्।



