मुस्ताङमा भालुको बच्चाको उद्धार

हिमाल प्रेस २३ माघ २०८२ १६:५४ | Friday, February 6, 2026
2
SHARE
मुस्ताङमा भालुको बच्चाको उद्धार

काठमाडौँ- मुस्ताङको घरपझोङ गाउँपालिका–१, चिमाङ गाउँबाट भालुको बच्चाको उद्धार गरिएको छ। एक स्थानीयवासीको घर पछाडिको गोदाममा पुगेको खबर पाएपछि इलाका संरक्षण कार्यालय जोमसोमका कर्मचारीहरूले शुक्रबार सो भालुको बच्चाको उद्धार गरेका हुन्।

कार्यालयका अनुसार तत्काल घटनास्थलमा पुगेर उद्धार गरिएको हो। समयमै गरिएको पहल र स्थानीयको सहयोगका कारण भालुको बच्चालाई सुरक्षित र जीवित रूपमा सफलतापूर्वक उद्धार गर्न सफल भएको कार्यालयले जनाएको छ।

उद्धार गरिएको भालुलाई उपयुक्त प्राकृतिक बासस्थानमा सुरक्षित रूपमा छाडिनेछ।

प्रकाशित: २३ माघ २०८२ १६:५४ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast