सुर्खेतको वीरेन्द्रनगरस्थित पार्टी कार्यालय अगाडि आफ्ना कार्यकर्ताहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह 'बालेन' । तस्बिर: सुरेश आचार्य /रासस
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह अहिले पूर्वकै प्रचारमा छन्। शाह बिहीबार उदयपुर, खोटाङ, ओखलढुंगामा आयोजित कार्यक्रममा सहभागी हुनेछन्।
उनी बिहान ८ बजे गाइघाट उदयपुरमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। साढे ९ बजे देउरी–चौडे–कटारीमा आयोजित कार्यक्रममा सहभागिता जनाउनेछन्। साढे १ बजे हलेसी महादेव खोटाङ पुग्ने कार्यक्रम छ।
साढे ३ बजे केतुके ओखलढुंगामा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। उनी झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन लड्दैछन्।
प्रकाशित: २२ माघ २०८२ ६:४८ | Thursday, February 5, 2026
प्रतिक्रिया



