अभिनेत्री मिरुनाको तस्बिर सेयर गर्दै बालेनले दिए राष्ट्रिय मगर दिवसको शुभकामना

हिमाल प्रेस १५ फागुन २०८२ ११:१८ | Friday, February 27, 2026
20
SHARES
अभिनेत्री मिरुनाको तस्बिर सेयर गर्दै बालेनले दिए राष्ट्रिय मगर दिवसको शुभकामना

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह ‘बालेन’ ले फेसबुकमार्फत राष्ट्रिय मगर दिवसको शुभकामना दिएका छन्। उनले पोस्टमा अभिनेत्री मिरुना मगरको तस्बिरसहित फागुन १५ मा मनाइने राष्ट्रिय मगर दिवसको शुभकामना दिएका हुन्।

तस्बिरमा मिरुना मगर पहिरन र गहनामा सजिएकी छन्। मिरुना मगर अहिलेकी चर्चित अभिनेत्री हुन्। उनी अभिनीत ‘ऊनको स्वीटर’, ‘घरज्वाइँ’, ‘जारी’, लगायत फिल्म चर्चित छ।

‘आफ्नै मौलिक संस्कार, परम्परा, कला, भेषभूषाको धनि तथा आफ्नो जातीय पहिचान र मौलिकतालाई संरक्षण गर्न उदाहरणीय रूपमा सजग र प्रतिबद्ध मगर समुदायको यस विशेष दिनको अवसरमा सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना, एकताको हार्दिक शुभकामना!’ उनले लेखेका छन्।

न्यायमूलक तथा समतामूलक समाज निर्माणमा मगर समुदायको भूमिका ऐतिहासिक रूपमा अतुलनीय र सम्मानजनक रहेको उनले बताएका छन्।

उनले लेखेका छन्,‘नेपाल एकीकरणको अभियानमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको मगर समुदायले आफ्नो वीरतामार्फत नेपाली पहिचानलाई विश्वमाझ चिनाउन पुर्‍याएको योगदानदेखि वर्तमानसम्म आइपुग्दा नेपालको राजनीतिक, सामाजिक हरेक आन्दोलन र रूपान्तरणमा खेलेको भूमिका अमूल्य र सम्मानजनक रहेको छ।’

प्रकाशित: १५ फागुन २०८२ ११:१८ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast