काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज तीन जिल्लामा चुनावी तथा जनसम्पर्क कार्यक्रम गर्ने भएका छन्। पार्टीद्वारा सार्वजनिक कार्यतालिका अनुसार उनले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा विभिन्न स्थानमा पुगेर कार्यकर्ता तथा स्थानीयसँग भेटघाट गर्नेछन्।
रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत मार्चवारी मन्दिर र लुम्बिनी पर्साचोकमा दिउँसो १:०० बजे कार्यक्रम तय गरिएको छ। क्षेत्र नम्बर ५ मा १:२० बजे, क्षेत्र नम्बर ३ मा ३:५० बजे र क्षेत्र नम्बर १ मा ४:०५ बजे जनसम्पर्क कार्यक्रम राखिएको छ।
कपिलवस्तुमा क्षेत्र नम्बर १ अन्तर्गत तौलिहवामा १:४० बजे, क्षेत्र नम्बर ३ को बहादुरजंगमा २:०० बजे तथा क्षेत्र नम्बर २ मा २:२०, २:५० र ३:१० बजे क्रमशः कार्यक्रम रहने जनाइएको छ। भैरहवा र धकधई क्षेत्रमा पनि भेटघाट कार्यक्रम तय गरिएको छ।
त्यसैगरी नवलपरासीमा क्षेत्र नम्बर २ मा ४:२० बजे, क्षेत्र नम्बर १ मा ४:३० बजे, चन्द्रौटा र गोरुसिङ्गे क्षेत्रमा पनि कार्यक्रम रहने छ। परासी चोक, बलासपुर र गोपीगंजमा क्रमशः ५:०० र ५:१५ बजे जनसम्पर्क कार्यक्रम तय गरिएको छ।
पार्टीका अनुसार कार्यक्रममा स्थानीय मतदातासँग भेटघाट, घण्टी अभिवादन तथा चुनावी अभियानसम्बन्धी छलफल गरिनेछ। यसअघि शुक्रबार उनले नुवाकोट, धादिङ र गोरखामा चुनावी कार्यक्रम गरेका थिए । त्यसपछि पोखरा पुगेका उनी रुपन्देही पुगेर आजको कार्यक्रम गर्न लागेको बताइएको छ ।




