अमेरिकी आक्रमणमा कम्तीमा ५७ इरानी बालबालिकाको ज्यान गयो

हिमाल प्रेस १६ फागुन २०८२ २१:४४ | Saturday, February 28, 2026
अमेरिकी आक्रमणमा कम्तीमा ५७ इरानी बालबालिकाको ज्यान गयो तेहरानमा शनिबार विस्फोटपछि निस्किएको धुवाँको मुस्लो। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिका र इजरायलको आक्रमणबाट इरानमा कम्तीमा ५७ जनाको ज्यान गएको छ। इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार दक्षिण इरानको एउटा बालिका विद्यालयमा भएको इजरायली-अमेरिकी प्रहारमा कम्तीमा ५७ जनाको मृत्यु भएको हो। आक्रमणमा ४५ जना घाइते भएको खबर छ। संयुक्त अरब इमिरेट्सको राजधानीमा इरानी मिसाइल आक्रमणबाट उछिट्टिएको टुक्रा लागेर एक जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण गरेका हुन्। जसलाई अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको सैन्य क्षमता नष्ट गर्ने र परमाणु हतियार निर्माणको खतरालाई समाप्त पार्ने एक विशाल अभियानको संज्ञा दिएका छन्।

इरानको परराष्ट्र मन्त्रालयले आफ्नो मातृभूमिको रक्षा गर्ने बताएको छ भने उसको रिभोलुसनरी गार्डले इजरायलतर्फ ड्रोन र मिसाइल प्रहार गर्दै तथा बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएर जवाफी आक्रमण सुरु गरेको जनाएको छ।

ट्रम्पले तेहरानलाई आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने सम्झौताका लागि दबाब दिइरहेको र देशभरि भएका विरोध प्रदर्शनपछि उत्पन्न बढ्दो असन्तोषसँग जुधिरहेको इरानको क्षेत्र वरिपरि अमेरिकी युद्धपोतहरूको संख्या बढाइरहेका बेला यी प्रहारहरू भएका हुन्।

प्रकाशित: १६ फागुन २०८२ २१:४४ | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast