काठमाडौँ- आईसीसी पुरुष टी २० विश्वकपको बुधबारको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्समाथि रनको जित हात पारेको छ। घरेलु मैदानकै अहमदबादस्थित नरेन्द्र मोदी रंगशालामा भारतले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १७६ रन बनायो।
नेदरल्यान्ड्सका लागि बास डी लिडेले ३३, ज्याक क्याचेटले २६, नोआ क्रसले २५, माइकल लेभिटले २४, कोलिन एकरम्यानले २३, म्याक ओ’ डोउडले २० र कप्तन स्कट एड्वार्डसले १५ रन बनाए। भारतका लागि वरुण चक्रवर्तीले ३, शिवम दुुबेले २ तथा जसप्रित बुमराह र हार्दिक पान्ड्याले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रनको योगफल तयार पारेको थियो। भारतका लागि शिवम दुबेले ३१ बलमा ६ चौका र ४ चौकासहित सर्वाधिक ६६ रनको योगदान गरे। कप्तान सूर्यकुमार यादवले ३४, तिलक वर्माले ३१, हार्दिक पान्ड्याले ३० र इशान किशनले १८ रन बनाए।
नेदरल्यान्ड्सका लागि लोगन भान बिकले ३, आर्यन दत्तले २ र काइल क्लेनले १ विकेट लिए।
चौथो जितसँगै भारत ४ खेलमा ८ अंक जोडेको छ ।




