रोमान्टिक मुडमा कलाकार निकिता र आशीर्वाद

हिमाल प्रेस २२ माघ २०८२ ११:३१ | Thursday, February 5, 2026
10
SHARES
रोमान्टिक मुडमा कलाकार निकिता र आशीर्वाद

काठमाडौँ- सुदीप भूपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को एक पोस्टर सार्वजनिक भएको छ।

पोस्टरमा कलाकार आशीर्वाद बी क्षेत्री र निकिता आचार्यको रोमान्टिक मुडमा देखिएका छन्। जसले उनीहरूको प्रेम झल्काएको छ।

फिल्म रेञ्ज ब्यानरमा निर्माण भएको फिल्म पारिवारिक कथावस्तुमा आधारित छ।

फिल्ममा आशीर्वाद बी क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसीलगायत कलाकारहरूले अभिनय गरेका छन्।

सिनेमाको कथा तथा पटकथा स्वयं निर्देशक सिंहले लेखेका हुन्। रुबी सेन सिंह निर्माता रहेको फिल्म आगामी फागुन १ गते प्रदर्शन हुँदैछ।

प्रकाशित: २२ माघ २०८२ ११:३१ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast