चितवन- भरतपुर महानगरपालिका–१५ मा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार टुरेचोकबाट शीतलचोकतर्फ आइरहेका मिनीट्रकले रामपुरबाट भरतपुरतर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्याङ्जाका २६ वर्षीय सुरज थापाको मृत्यु भएको हो।
मोटरसाइकलमा सवार स्याङ्जाको हरिनास गाउँपालिका–४ की २२ वर्षीया निरुता थापा गम्भीर घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी जारी छ। आजै गीतानगरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।



