एन्फा राष्ट्रिय लिग : चित्लाङमाथि संकटाको सहज जित

हिमाल प्रेस १५ फागुन २०८२ १६:०३ | Friday, February 27, 2026
16
SHARES
एन्फा राष्ट्रिय लिग : चित्लाङमाथि संकटाको सहज जित

काठमाडौँ- काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा संकटा एफसीले चित्लाङ एफसीमाथि सहज जित निकालेको छ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले चित्लाङलाई ४-० गोल अन्तरले पराजित गरेको हो। संकटाको जितमा रिचर्ड ओन्यमाले ह्याट्रिक पूरा गरे भने टाय ड्यानियले एक गोल गरे। जितसँगै ८ खेल खेलेको संकटाको ९ अंक भएको छ भने समान खेल खेलेको चित्लाङको ७ अंक रहेको छ।

लिगमा संकटाले अहिलेसम्म ८ खेल मध्ये २ खेलमा जित निकालेको छ भने ३ खेलमा बराबरी खेल्दा ३ खेलमा हार व्यहोरेको छ। त्यस्तै चित्लाङले १ खेलमा जित निकाल्दा ४ खेल बराबरी र ३ खेलमा पराजय भोगेको छ।

प्रकाशित: १५ फागुन २०८२ १६:०३ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast