काठमाडौँ- केही समयअघि आना शर्मा र सुशान्त केसीको ब्रेकअप भएको चर्चा चुलिएको थियो। यसैबीच फिल्म ‘रमिताको पिरती’ मा सुशान्तले गीत गएका छन्।
‘तिम्रै छेऊमा’ बोलको गीत सार्वजनिक भएको छ। सुशान्तकै संगीत रहेको गीत उनले फेसबुक र इन्स्टामा सार्वजनिक गरेका हुन्।
केही समयअघि आना र सुशान्तले एक अर्कालाई इन्स्टामा अनफलो गरेका थिए। योसँगै दुवैको सम्बन्ध सकिएको हल्लासमेत चलेको थियो। जुन विषय मिडियामा समाचारको रुपम भाइरल बनेको थियो।
तर आनाको मुख्य भूमिका रहेको फिल्ममा सुशान्तले गीत दिनुले उनीहरुबीचको सम्बन्धमा कुनै मनमुटाव नभएको संकेत गर्छ। यति मात्र होइन, सुशान्तले फिल्म ‘रमिताको पिरती’ राम्रो बनेको प्रतिक्रिया दिँदै आनालाई इन्स्टा पोस्टमा शुभकामना पनि दिएका थिए।
सार्वजनिक गीतमा धीरज मगर र आनाबीचका दृश्यहरु समेटिएको छ। गीतको भिडियोमा दुवैबिचका रमाइला क्षणलाई कैद गरिएको छ।
गीतको पुरै भिडियो भने केही समयपछि युट्युबमा सार्वजनिक गरिनेछ।
माघ २३ देखि हलमा प्रदर्शनरत फिल्मलाई दर्शकले रुचाइरहेको निर्माता सागर लम्सालले जानकारी दिए। दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेकोसमेत बताए।
फिल्म सुदिप्ताको लेखन तथा निर्देशनमा बनेको छ। फिल्मले रमिता पात्रको सम्बन्धका आयामहरुको कथा प्रस्तुत गरेको छ।
आनासँगै फिल्ममा धीरज मगर, समिर श्रेष्ठ, विनय श्रेष्ठ, रेनु योगीलगायत कलाकारले अभिनय गरेका छन्।



