प्रधानमन्त्री कार्की र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस १५ फागुन २०८२ २०:५७ | Friday, February 27, 2026
24
SHARES
प्रधानमन्त्री कार्की र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज (शुक्रबार) नेपालका लागि पाकिस्तानी राजदूत अवरार एच. हासमीले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। राजदूत हासमीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा शान्ति सुव्यवस्था पुनःस्थापित भएको र अब निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन गइरहेको भन्दै बधाइ तथा शुभकामना दिए।

प्रधानमन्त्री कार्कीले नेपालको लोकतान्त्रिक स्थायित्वका लागि पाकिस्तानबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद व्यक्त गरिन्। बैठकपछि दुवै पक्षबाट नेपाल–पाकिस्तानको मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने गरी काम गर्ने विश्वास र प्रतिबद्धता व्यक्त भएको छ।

प्रकाशित: १५ फागुन २०८२ २०:५७ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast