‘युक्रेनका सबै विद्युतगृह क्षतिग्रस्त’

हिमाल प्रेस २ फागुन २०८२ २०:२४ | Saturday, February 14, 2026
20
SHARES
‘युक्रेनका सबै विद्युतगृह क्षतिग्रस्त’

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण युक्रेनका सबै विद्युत गृहमा क्षति पुगेको र लाखौँ नागरिकले चिसोमा विद्युत कटौतीको सामना गर्नुपरेको बताएका छन्।

जर्मनीको म्युनिखमा शनिबार सुरू भएको सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

जेलेन्स्कीले युद्धबाट क्षति बेहोरेको जनताले जाडोमा विद्युतको अभाव हुँदा चिसोको पनि पीडा सहन पनि बाध्य भएको बताए। उनले भने,‘युद्धले दशौँ हजारको ज्यान लिएको छ, पूर्वी युक्रेन ध्वस्त भएको छ, लाखौँ मानिस भाग्न बाध्य भएका छन्।’

किएभ र उसका पश्चिमी सहयोगीहरूले मस्कोले युक्रेनको विद्युतगृहलाई जानीजानी निशाना बनाएको आरोप लगाएका छन्।

युक्रेनमा कुनै पनि विद्युतगृह रुसी आक्रमणबाट क्षतिग्रस्त हुन बाँकी नरहेको जेलेन्स्कीले बताए। उनले रुसी राष्ट्रपतिलाई एडोल्प हिटलरसँग तुलना गरे।

प्रकाशित: २ फागुन २०८२ २०:२४ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast