दीपेन्द्रसिंह ऐरी
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्र सिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल ) खेल्ने भएका छन्। उनी पीएसएलको टोली इस्लामावाद युनाइटेडमा अनुबन्ध भएका हुन्।
पीएसएलका लागि बुधबार भएको अक्सनमा इस्लामावादले दीपेन्द्रलाई ६० लाख पाकिस्तान रुपैयाँ (३१ लाख १० हजार) रुपैयाँमा खरिद गरेको हो।
पहिलो राउन्डमा बिक्री नभएका दीपेन्द्रलाई दोस्रो राउण्डमा इस्लामावादले खरिद गरेको हो।
प्रकाशित: २९ माघ २०८२ ६:५१ | Thursday, February 12, 2026
प्रतिक्रिया



