आहा रारा पाेखरा गाेल्डकप फाइनलमा आयाेजककाे अग्रता

हिमाल प्रेस ९ फागुन २०८२ १५:३२ | Saturday, February 21, 2026
18
SHARES
आहा रारा पाेखरा गाेल्डकप फाइनलमा आयाेजककाे अग्रता

पाेखरा- आयाेजक सहारा क्लब पाेखराले २५ औँ आहा रारा पाेखरा गाेल्डकपकाे फाइनलमा अग्रता लिएकाे छ। पहिलाे हाफ सकिँदासम्म सहाराले जाउलाखेल युथ क्लबमाथि एक शून्यकाे अग्रता लिन सफल भएको हाे।

खेलकाे २६ औँ मिनेटमा फरवार्ड मुकुन्दकुमार न्यूरेले सुशील लामाकाे कर्नर पासमा उत्कृष्ट गाेल गर्न सफल भएका हुन्।

१२ टिमले भाग लिएको प्रतियोगितामा उपाधि विजेताले १४ लाख र उपविजेताले ७ लाख प्राप्त गर्नेछन्।

सहाराले उद्घाटन खेलमा गोरखा इन्टरनेसनल फुटबल क्लबलाई हराउँदै विजयी यात्रा सुरुआत गरेको थियो। सर्वाधिक ६ पल्टका उपाधि विजेताहरु पुलिस फुटबल क्लबलाई क्वाटरफाइनलमा र मनाङ मर्स्याङ्दी क्लबलाई सेमिफाइनलमा सडन डेथको सिकार बनाउँदै फाइनल पुगेको हो।

पहिलो खेलमा मच्छिन्द्र क्लबलाई हराएको जाउलाखेलले प्रिक्वाटरमा चर्च ब्वाइज युनाइटेड र सेमिफाइनलमा आभा फुटबल क्लब, उज्वेकिस्तानलाई पराजित गर्दै उपाधि भिडन्त सुनिश्चित गरेको हो।

प्रकाशित: ९ फागुन २०८२ १५:३२ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast