महोत्तरी पुगेर कुलमानले भने : हाम्रो एजेन्डा नै मधेशको हो, जिताउनुहोस्

हिमाल प्रेस २४ माघ २०८२ ६:५६ | Saturday, February 7, 2026
2
SHARE
महोत्तरी पुगेर कुलमानले भने : हाम्रो एजेन्डा नै मधेशको हो, जिताउनुहोस्

महोत्तरी- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीका लागि मधेश प्रदेश महत्त्वपूर्ण रहेको बताएका छन् ।

उज्यालो नेपाल पार्टीले शुक्रबार महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित महेन्द्र चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेश प्रदेशलाई उज्यालोमय बनाउन आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

अध्यक्ष घिसिङले देशको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार रहेको र आफ्नो पार्टीको मुख्य एजेन्डा नै मधेश तथा समग्र देशबाट भ्रष्टाचार अन्त्य गर्नु रहेको उल्लेख गरे । उनले मधेसमा सामाजिक, वर्गीय जस्ता अनेकौ विभेद कायम रहेकाले प्रदेश पछाडि परेको हुँदा ती विभेदलाई अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

प्रकाशित: २४ माघ २०८२ ६:५६ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast