‘ओली कि बालेन’ प्रचार गर्न रोक्यो प्रशासनले, मतदाताको गोपनीयता भंग नगर्न आग्रह

हिमाल प्रेस १९ माघ २०८२ ९:१२ | Monday, February 2, 2026
16
SHARES
‘ओली कि बालेन’ प्रचार गर्न रोक्यो प्रशासनले, मतदाताको गोपनीयता भंग नगर्न आग्रह

झापा- जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका छन्। केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदाताहरुसँग के कुन दल, उम्मेद्वार र निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ, भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएकाले त्यसलाई रोक्न सार्वजनिक सूचना गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रसाइँले बताए।

त्यसरी मतदाताको गोपनीयता भंग गर्ने र गराउने कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघन हुनेसमेत प्रशासनले स्पष्ट पारेको छ।

यदि कसैले अटेर गरी आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेसमेत जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। झापामा आगामी निर्वाचनमा केपी शर्मा ओलीलाई जिताउने कि बालेन शाहलाई भन्दै युटयुबले प्रसारण गरिरहेका छन्।

प्रकाशित: १९ माघ २०८२ ९:१२ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast