७५ वर्ष नाघेका सेवानिवृत्त कर्मचारीलाई थप औषधी उपचार खर्च उपलब्ध गराइने

हिमाल प्रेस १२ फागुन २०८२ १५:०० | Tuesday, February 24, 2026
28
SHARES
७५ वर्ष नाघेका सेवानिवृत्त कर्मचारीलाई थप औषधी उपचार खर्च उपलब्ध गराइने

काठमाडौँ- सरकारले ७५ वर्ष उमेर पूरा भएका सेवानिवृत्त निजामती कर्मचारी तथा पारिवारिक निवृत्तिभरण पाइरहेका व्यक्तिहरूलाई थप औषधी उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

यसबारे राष्ट्रिय किताबखाना (निजामती) ले महालेखा नियन्त्रक कार्यालयलाई ७७ वटै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूमा आवश्यक पत्राचार गर्न अनुरोध गरेको छ।

विभिन्न कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट थप औषधी उपचार खर्च भुक्तानीका सम्बन्धमा स्पष्टता माग भएपछि किताबखानाले फागुन ११ गते महानिर्देशकस्तरीय निर्णय गरी नयाँ मापदण्ड सार्वजनिक गरेको हो ।

किताबखानाका अनुसार अब निवृत्तिभरण (पेन्सन) पाइरहेका व्यक्तिहरूले उमेरका आधारमा निवृत्तिभरण रकमको १० प्रतिशत रकम औषधी उपचार खर्चबापत उपलब्ध गराइने, ८५ वर्ष पूरा भएका कर्मचारीको हकमा साविकको निवृत्तिभरण रकमको थप १० प्रतिशत (कुल २० प्रतिशत) रकम औषधी उपचार खर्चका रूपमा प्रदान गरिने छ।

पारिवारिक निवृत्तिभरण अधिकारपत्र प्राप्त गर्ने व्यक्तिको हकमा पनि उमेरकै हदबन्दी लागु गरिएको छ। तर ७५ वर्षभन्दा कम उमेर भएका पारिवारिक निवृत्तिभरण प्राप्तकर्तालाई औषधी उपचार खर्चबापतको रकम उपलब्ध गराइने छैन।

राष्ट्रिय किताबखानाका निर्देशक शोभाकर पाण्डेयका अनुसार यो निर्णयले ज्येष्ठ नागरिक तथा सेवानिवृत्त कर्मचारीहरूको स्वास्थ्य उपचारमा थप राहत पुग्ने छ ।

 

प्रकाशित: १२ फागुन २०८२ १५:०० | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast