प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था चाहिन्छ : उपेन्द्र यादव

हिमाल प्रेस ११ फागुन २०८२ १५:३१ | Monday, February 23, 2026
14
SHARES
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था चाहिन्छ : उपेन्द्र यादव

भैरहवा- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताएका छन्।

त्यसका लागि संविधान संशोधन आवश्यक रहेको उनले बताएका हुन्। वर्तमान प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको उनको भनाइ छ।

रूपन्देहीको भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान संविधानले मधेशी, जनजाति, दलित तथा उत्पीडित समुदायका मुद्दालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको बताए।

उनले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि पहिचानका आधारमा प्रदेशको सीमांकन गरिनुपर्ने बताए।

सो अवसरमा अध्यक्ष यादवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक तथा प्राविधिक पहल तीव्र बनाउन आग्रह गरे।

उनले जनता समाजवादी पार्टीले सुरुदेखि नै मधेशको समस्याका बारेमा आवाज उठाउँदै आएको र सबै समस्या बुझेको पार्टी भएको बताए।

प्रकाशित: ११ फागुन २०८२ १५:३१ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast