क्षमता अभिवृद्धिका लागि शिक्षकहरूलाई यस्तो आह्वान

हिमाल प्रेस २३ माघ २०८२ ८:५२ | Friday, February 6, 2026
22
SHARES
क्षमता अभिवृद्धिका लागि शिक्षकहरूलाई यस्तो आह्वान

भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहका शिक्षकहरूका लागि सिकाइ चौतारी डिजिटल पोर्टल प्रयोगसम्बन्धी एक दिने अनलाइन प्रमाणीकरण तालिम कार्यशाला सञ्चालन गर्ने भएको छ।

केन्द्रको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त तालिम आगामी फागुन २ गते शनिबार बेलुका ७:०० देखि ९:०० बजेसम्म सञ्चालन हुनेछ। तालिम Zoom माध्यमबाट प्रदान गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्र (श्रव्यदृश्य शाखा)ले जनाएको छ।

विद्यालयका सबै तह र विषयका शिक्षकहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमले शिक्षक सक्षमता प्रारूपले निर्देश गरेका विषयमा सक्षमता अभिवृद्धि गर्न तथा कार्यरत शिक्षकहरूको निरन्तर वृत्ति विकासमा सहयोग पुर्‍याउने केन्द्रको विश्वास छ।

केन्द्रले नेपाल शिक्षक महासंघमार्फत विद्यालय तहका सम्पूर्ण शिक्षकहरूलाई तालिममा सहभागी गराउन आवश्यक समन्वय र सहजीकरण गरिदिन अनुरोध गरेको छ।

यस्तै, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पनि सबै शिक्षक साथीहरूलाई उक्त तालिम कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेका छन्।

प्रकाशित: २३ माघ २०८२ ८:५२ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast