माघमा देशभरका मालपोत कार्यालयबाट उठ्यो ५ अर्ब ९ लाख २४ हजार

हिमाल प्रेस ४ फागुन २०८२ ९:०० | Monday, February 16, 2026
4
SHARES
माघमा देशभरका मालपोत कार्यालयबाट उठ्यो ५ अर्ब ९ लाख २४ हजार

काठमाडौँ- गत माघमा देशभरका मालपोत कार्यालयले ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्। गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो।

देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य पमा बढ्न सकेको छैन।विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको संख्यामा केही बढोत्तरी भएको छ।

विभागका अनुसार गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्ट्रेसन दस्तुर दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ संकलन भएको थियो।पुँजीगत लाभकरबापत एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ संकलन भएको विभागले जनाएको छ। रासस

प्रकाशित: ४ फागुन २०८२ ९:०० | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast