काठमाडौँ- नेपालको इलेक्टा«निक्स कम्पनी सिजी इलेक्ट्रोनिक्सले ‘वल्र्डकप मुम्बई ट्रिप योजना’ अन्तर्गत छनोट भएका ४० जना भाग्यशाली विजेतालाई शुक्रबार मुम्बई पठाएको छ।
विजेताहरु आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र वेस्टइन्डिजबीच हुने खेल मुम्बईस्थित वानखेडे स्टेडियममा हेर्ने अवसर पाएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्सापूर्ण वातावरणमा मुम्बई प्रस्थान गरेका विजेताहरू खेलको साक्षी बन्ने अवसर पाएको कम्पनीले जनाएको छ।
कम्पनीले गत मंसिर २९ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको विशेष योजनाअन्तर्गत ग्राहकहरुले सिजी इलेक्ट्रोनिक्सका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका उप्तादन खरिद गरी एसएमएसमार्फत सहभागिता जनाएका थिए।
योजनामा एलजी, सिजी, सिजी एसडीए, टिसिएल, ब्ल्याक प्लस डेकर, गोदरेज, सन्साई, माइडिया, केन्ट तथा क्राम्पटन ब्रान्डका उत्पानदहरु समावेश थिए। हजारौँ सहभागीमध्ये डिजिटल गोलाप्रथामार्फत ४० जना विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
विजेताहरूलाई पाँच दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज उपलब्ध गराइएको छ। यसअन्तर्गत काठमाडौं–मुम्बई–काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटलमा बसोबास तथा भोजनको व्यवस्था गरिएको छ। साथै, मुम्बईका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण (सिटी टुर) र वानखेडे स्टेडियममा हुने नेपाल–वेस्ट इन्डिज खेलका विशिष्ट टिकटसमेत समावेश गरिएको छ।
कम्पनीले आफ्ना ग्राहकसँग गरेको प्रतिबद्धता पूरा गर्न पाएकोमा खुसी व्यक्त गरेको छ। विजेताहरूले पनि यस्तो अवसर जीवनकै अविस्मरणीय क्षण बन्ने प्रतिक्रिया दिएका छन्। वानखेडे स्टेडियममा पुगेर नेपाली टोलीको हौसला बढाउने अवसर पाउँदा आफूहरू अत्यन्त उत्साहित रहेको उनीहरूको भनाइ थियो।
चार दशकभन्दा बढी समयदेखि नेपाली बजारमा सेवा प्रदान गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको विश्वास र साथलाई सम्मान गर्दै आगामी दिनमा पनि यस्ता आकर्षक तथा रोमाञ्चक योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको छ।




