३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’लाई थप १० वर्ष जेल सजाय फैसला

हिमाल प्रेस २७ माघ २०८२ ६:४८ | Tuesday, February 10, 2026
4
SHARES
३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’लाई थप १० वर्ष जेल सजाय फैसला

काठमाडौँ- ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय हुने फैसला गरेको छ।

जिल्ला अदालत मोरङबाट जन्मकैद सजाय पाएर कारागारमा रहेका गोरे भनिने चूडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले सनम शाक्यको हत्या कसुरमा थप दश वर्ष कैद सजाय थप गर्ने आदेश गरेको हो।

मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश भरत लम्सालले सुन तस्करीको प्रमाण नपुगेको ठहर गर्दै सनम शाक्यको हत्यामा मात्र ८ जनालाई कैद सजाय हुने फैसला सुनाएको थियो।

तस्करी गरेर ल्याएको सुन ‘गायव’ बनाएको आरोपमा ‘गोरे’ को समूहले यातना दिएर मोरङमा सनम शाक्यको हत्या गरेको थियो।

२०७४ फागुन १८ मा मोरङको उर्लाबारीमा सनमको हत्या गरेको आरोपमा अदालतले ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय गरेको छ । जन्मकैदको सजाय पाउनेमा चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन्।

शाक्यको हत्या अभियोगमा राजन कुमारलाई ३ वर्ष र माधव भन्ने मदन प्रसाद घिमिरेलाई ६ महिना कैद सजाय हुने फैसला गरिएको थियो।

उच्च अदालत विराटनगरले अभियुक्तहरू नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा सजाय १० वर्ष घटाएर १० वर्ष मात्रै कायम गरेको छ। उक्त कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न रहेका अभियुक्त मदन सिलवाललाई जिल्लाको फैसला उल्ट्याउँदै तीन वर्ष मात्रै कैद सजाय सुनाएको छ। अभियुक्तहरू लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतकै फैसला सदर गरेको छ।

प्रकाशित: २७ माघ २०८२ ६:४८ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast