संखुवासभामा निर्वाचन आचारसंहिता उल्लंघनका ३३ उजुरी

हिमाल प्रेस १५ फागुन २०८२ ७:१४ | Friday, February 27, 2026
8
SHARES
संखुवासभामा निर्वाचन आचारसंहिता उल्लंघनका ३३ उजुरी

संखुवासभा- यही फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा संखुवासभामा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन्।

निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएको अवस्थामा आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी बढाएको जनाएको छ।

जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धीका ३३ उजुरी परेका छन्। कार्यालयमा परेका उजुरीमध्ये अधिकांश मौखिक उजुरीसम्बन्धी मौखिक उजुरी बढ्दै गएका छन्।

निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लंघनका उजुरी तत्काल समाधान गर्दै आएको छ। जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनका हालसम्म ३३ उजुरी परेको आचारसंहिता अनुगमन संयोजक चिरञ्जीवी अधिकारीले बताए।

आचारसंहिता उल्लंघनका २१ वटा मौखिक उजुरी, छवटा लिखित उजुरी परेका छन्। त्यस्तैगरी छवटा पार्टी तथा उम्मेदवारविरुद्ध आचारसंहिता उल्लंघनका उजुरी परेको आचारसंहिता अनुगमन संयोजक अधिकारीले बताए।

जिल्लाका छवटा पार्टी तथा उम्मेदवारले आचारसंहिताविपरीत टोपी, टिसर्ट, ब्यानर र मोटरसाइकल र्याली गरेको उजुरी परेको हो।

आचारसंहिता उल्लंघन गर्ने पार्टी तथा उम्मेदवारको नाम भने खुलाइएको छैन। लिखित उजुरीका आधारमा सम्बन्धित पार्टी तथा उम्मेदवार तथा दललाई लिखित तथा मौखिक स्पष्टीकरण मागिएको छ।

कार्यालयले सबै दल तथा उम्मेदवारलाई आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रहसमेत गरेको छ। लिखित उजुरी परेका विषयमा औपचारिक रूपमा स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको छ।

यस्ता उजुरीका सम्बन्धमा प्रारम्भिक छानबिन गरी आवश्यक निर्देशन तथा सचेत गराउने काम भइरहेको आचारसंहिता अनुगमन संयोजक अधिकारीले बताए।

प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेका छन्। जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा देखिएका छन्।

प्रकाशित: १५ फागुन २०८२ ७:१४ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast