टी२० विश्वकपमा ३ खेल हुँदै, नेपालको समूहमा रहेका इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै

हिमाल प्रेस २८ माघ २०८२ ७:१२ | Wednesday, February 11, 2026
12
SHARES
टी२० विश्वकपमा ३ खेल हुँदै, नेपालको समूहमा रहेका इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको प्रतिस्पर्धा। फाइल तस्बिर

काठमाडौँ- आईसीसी पुरुष टी२० विश्वकप २०२६ मा आज बुधबार पनि तीन समूहका तीन खेल हुँदैछन्। ग्रुप ‘डी’ मा रहेका अफगानिस्तान र दक्षिण अफ्रिकाले बिहान ११ः१५ मा प्रतिस्पर्धा गर्दा अपराह्न ३ः१५ मा ग्रुप ‘बी’ मा रहेको आयरल्यान्डले अस्ट्रेलियाको सामना गर्नेछ।

साँझ ७ः१५ मा नेपाल रहेको ग्रुप ‘सी’का इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दैछन्। आज भिड्न लागेका टोलीमध्ये दक्षिण अफ्रिकाले पहिलो खेल जितेको थियो। उसको २ अंक छ। त्यस्तै अफगानिस्तानले पहिलो खेल गुमाएको थियो। यो समूहमा न्युजिल्यान्ड ४ अंकसहित पहिलो स्थानमा छ। यो समूहमा अफगानिस्तान, अमेरिका र क्यानडा शून्य जितपछि शून्य अंकमा छन्।

आयरल्यान्डले पहिलो खेल गुमाएकाले अंकविहीन छ भने अस्ट्रेलियाले विश्वकपकै पहिलो खेल खेल्दै छ। ग्रुप बीमा जिम्बाब्वे र श्रीलंका समान २ अंकसहित पहिलो र दोस्रो स्थानमा हुँदा आयरल्यान्ड र ओमान शून्य अंकमा छन्। इंग्ल्यान्डले पहिलो खेलमा नेपालविरुद्ध ४ रनको जित हात पार्दै २ अंक जोडेको थियो। वेस्ट इन्डिजले पनि पहिलो खेलमा जित हात पार्दै २ अंक नै जोडेको छ।

यी दुई टोली समूह सीमा क्रमशः पहिलो र तेस्रो स्थानमा छन्। दुई खेल खेलेको स्कटल्यान्डले १ खेलमा हार र १ खेलमा जितपछि २ अंक जोड्दै दोस्रो स्थानमा छ। नेपाल र इटली भने अंकविहीन छन्।

प्रकाशित: २८ माघ २०८२ ७:१२ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast