तनहुँ- तनहुँमा ट्याक्टरबाट खसेर २३ वर्षीय युवकको मृत्यु भएको छ। गएराति ऋषिङ गाउँपालिका ३ दाङश्रीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा ऋषिङ ४ का २३ वर्षीय पूर्णबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मधुबन कालिगण्डकी किनारबाट बालुवा लोड गरी काफलडाँडातर्फ जाँदै गरेको ग १ त ६२९४ नम्बको ट्राक्टरबाट खस्दा उनी गम्भीर घाइते भएका थिए। टाउको, छाती र खुट्टामा चोट लागेका उनलाई एम्बुलेन्समा राखेर रत्नहरी अस्पताल दमौली लगिएको थियो। चिकित्सकले जाँच गरेपछि उनलाई मृत घोषणा गरेका हुन्।
उनको शव पोस्टमार्टमको लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ। दुर्घटनापछि ट्याक्टर धनी र चालकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रकाशित: २१ माघ २०८२ ९:२० | Wednesday, February 4, 2026
प्रतिक्रिया



