काठमाडौँ- हलिउड फिल्म ‘अवतारः फायर एन्ड एस’ गत पुस ४ देखि नेपालमा प्रदर्शनरत छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृङ्खला हो।
एक्सन र एडभेञ्चर जनरामा बनेको फिल्म १ लाख ६२ हजारभन्दा बढी नेपालीले हेरेका छन्। चलचित्र विकास बोर्डले माघ १७ गतेसम्म हलमा प्रदर्शनतर विदेशी फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। जसअनुसार फिल्मको फिल्मको १ लाख ६२ हजार ५ सय ६ औटा टिकट बिक्री भएको छ।
फिल्मले भने ६ करोड ६७ लाख ५४ हजार १ सय २४ रुपैयाँ कमाएको छ। फिल्ममा केट विन्सलेट, सिगोर्नी वीभर, जो साल्डानालगायत कलाकारको अभिनय छ। फिल्म हिन्दी र अंग्रेजी दुबै भाषामा प्रदर्शन भइरहेको छ।
प्रकाशित: १८ माघ २०८२ १२:२४
प्रतिक्रिया



