१ लाख ६२ हजार नेपालीले हेरे फिल्म ‘अवतारः फायर एन्ड एस’, आम्दानी कति गर्‍याे?

हिमाल प्रेस १८ माघ २०८२ १२:२४
14
SHARES
१ लाख ६२ हजार नेपालीले हेरे फिल्म ‘अवतारः फायर एन्ड एस’, आम्दानी कति गर्‍याे?

काठमाडौँ- हलिउड फिल्म ‘अवतारः फायर एन्ड एस’ गत पुस ४ देखि नेपालमा प्रदर्शनरत छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृङ्खला हो।

एक्सन र एडभेञ्चर जनरामा बनेको फिल्म १ लाख ६२ हजारभन्दा बढी नेपालीले हेरेका छन्। चलचित्र विकास बोर्डले माघ १७ गतेसम्म हलमा प्रदर्शनतर विदेशी फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। जसअनुसार फिल्मको फिल्मको १ लाख ६२ हजार ५ सय ६ औटा टिकट बिक्री भएको छ।

फिल्मले भने ६ करोड ६७ लाख ५४ हजार १ सय २४ रुपैयाँ कमाएको छ। फिल्ममा केट विन्सलेट, सिगोर्नी वीभर, जो साल्डानालगायत कलाकारको अभिनय छ। फिल्म हिन्दी र अंग्रेजी दुबै भाषामा प्रदर्शन भइरहेको छ।

प्रकाशित: १८ माघ २०८२ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast