काठमाडौँ- देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीकाअनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो।
अभियुक्तहरुबाट खैरो हिरोइन र चिकित्सकको पूर्जीबिना खरिदबिक्री गर्न नपाइने प्रतिबन्धित विभिन्न किसिमका औषधी बरामद गरिएको छ।
नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरेको हो।
प्रकाशित: ८ फागुन २०८२ ८:३३ | Friday, February 20, 2026
प्रतिक्रिया




